जोगवनीबाट भित्रदै इन्धन र ग्याँस बोकेका ट्यांकरहरु

<span class='c1'>जोगवनीबाट भित्रदै इन्धन र</span> <span class='c2'>ग्याँस बोकेका ट्यांकरहरु</span>

विराटनगर १८ असोज ।
आज बिहान जोगवनी नाकाबाट नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका ६ वटा ट्यांकर भित्रीएका छन् । जसमा २ वटा ग्याँसको बुलेट, ८ वटा पेट्रोल र ११ डिजेलको ट्यांकर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले बताए । आइतबार मध्यरातमा प्रहरीले बल प्रयोग गरि विराटनगर नाका अगाडी धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाएपछि आज बिहानैबाट जोगवनी नाका हुँदै मालवाहक ट्रकहरू नेपाल भित्रिन थालेको छ । आज बिहान नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका ६ वटा ट्यांकर पनिरहेको छ । जसमा २ वटा ग्याँसको बुलेट, २(२ वटा पेट्रोल र डिजेलको ट्यांकर रहेको भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।
पछिल्लो ९ दिनदेखी विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट अगाडी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरू पाल टाँगेर दिनरात धर्ना बस्दै आएका थिए । नाकामा प्रहरीले बल प्रयोग गरि प्रर्दशनकारीलाई हटाएपछि आज बिहानैवाट भारतीय क्षेत्रबाट सवारी साधन भित्रिने क्रम सुचारु भएको हो । बिहान ८ बजेसम्ममा ३७ वटा मालवाहक ट्रक विराटनगर भन्सार कार्यालयमा प्रवेश गरेको भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । हिजो अवेर रातीसम्म ७ वटा मालवाहक ट्रक नेपाल भित्रिएको थियो । यता संयुक्त मधेसी मोर्चाका नेताहरूले प्रहरीले अनावश्यक दमन गरि आफना नेता कार्यकर्तालाई घाइते बनाएको, पक्राउ गरेको भन्दै निन्दा गरेको छ । उनीहरूले केही बेरपछि आन्तरिक छलफल गरि नाकामा फेरी धर्ना बस्ने चेतावनी दिएका छन् । गएराती १२ बजे प्रहरीले धर्नाकारीलाई भन्सार गेटबाट उठाउन खोज्दा प्रहरी र प्रर्दशसनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठीचार्जबाट आफ्ना केही कार्यकर्ता घाइते भएको मोर्चा सम्बद्ध नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्