डिपोमा तेलको मौज्दात सकिन लागेपछि मोरङ प्रशासनद्धारा कुपनबाट तेल दिन सुरु

<span class='c1'>डिपोमा तेलको मौज्दात सकिन लागेपछि मोरङ</span> <span class='c2'>प्रशासनद्धारा कुपनबाट तेल दिन सुरु</span>

विराटनगर १८ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा कुपनबाट तेल वितरण गर्न सुरु गरेको छ । विराटनगरस्थित नेपाल आयल निगमको डिपोमा तेलको मौज्दात सकिन लागेपछि वितरण प्रक्रियालाई सहज बनाउन प्रशासनले कुपनबाट तेल दिन सुरु गरेको हो । अतिवासकीय यातायात, सुरक्षा निकायका गाडी, पत्रकार, अस्पताल, एम्बुलेन्स, शव बाहन आदिलाई कोटाका आधारमा तेल दिन सुरु गरिएको हो । विराटनगरमा विभिन्न पम्पहरुलाई उपलब्ध गराइएको तेलको परिमाणको आधारमा वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । राजमार्ग छेउका आधा दर्जन जति पम्पबाट कुपन लिएर सवारीलाई तेल दिन सुरु गरिएको छ । कञ्चनबारीको एबी पम्पका सञ्चालक भीम घिमिरेले प्रशासन कार्यालयबाट निर्देशन भएअनुसार नै तेल दिन थालेको बताउँदै भने,‘पछिल्लो पटक उपलब्ध गराइएको डिजेल र थोरै परिमाणमा पेट्रोल दिएका हौं ।’ प्रशासनको सिफारिसमा मोरङका पत्रकाहरुलाई पनि तीन लिटरका दरले तेल उपलब्ध गराइएको छ । नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष महेन्द्र विष्टले भने, ‘समाचार संकलनमा कुद्न नै कठिनाई भएपछि महासंघको आग्रहमा प्रशासनले तेलका लागि सिफारिस गरिदिएको हो ।’ महासंघ मार्फत विराटनगरका पत्रकारले तीन सय लिटर पेट्रोलको कोटा प्राप्त गरेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले प्राथमिकताको आधारमा तेल दिन सिफारिस गरिएको जानकारी दिए । आयल निगमको विराटनगर डिपोमा १ हजार किलोलिटर तेलको मौज्दात रहेको बताइएको छ । भारतले नाकाबन्दी लगाएपछि भारतको जोगबनी क्षेत्रमा तेलका एकसय २५ र ग्यासका १५ बुलेट रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्