भेडेटार पुग्ने पाउनालाई बाँसका थाल

<span class='c1'>भेडेटार पुग्ने पाउनालाई</span> <span class='c2'>बाँसका थाल</span>

भेडेटार १८ असोज । पर्यटकीय स्थल भेडेटार पुग्नेहरुले बाँसको भाटाबाट निर्मित कलात्मक थाली र नरिवलको बोक्राबाट बनाइएको कचौरामा स्थानीय स्तरमा उत्पादित अर्गा्निक स्वाद लिने गरेका छन् । होटल तथा रेस्टुरेन्टमा काँच, धातु र प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढिरहेका बेला स्थानीय मनशान्त ग्यालरी एण्ड रिसोर्टले मौलिक थालीमा अर्गानिक स्वाद पस्कन थालेको हो । बाँस, भाटो र काठ कुँदेर बनाएका कलात्मक सामग्रीले गाउँले पर्यटकलाई लोभ्याउने गरेको छ । मनशान्त ग्यालरी एण्ड रिसोर्टका सञ्चालक रोजन राईले पर्यटकहरूलाई नयाँ पनको महशुस दिलाउन भान्सामा काठ, माटो, बाँस र नरिवलका खपटाबाट बनेका सामग्रीको प्रयोग बढाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्