धरानमा पेट्रोलियम पदार्थको हाहाकार , कालोबजारी मौलाउदै

<span class='c1'>धरानमा पेट्रोलियम पदार्थको हाहाकार</span> <span class='c2'>, कालोबजारी मौलाउदै</span>

धरान १८ असोज । लगातारको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरानमा पेट्रोलियम पदार्थको हाहाकार बढेसंगै कालोबजारी समेत मौलाएको छ। अघोषित नाकाबन्दी र मधेशवादीहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण भारतबाट पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा कालो बजारी मौलाएको हो । भारतले नाकाबन्दी खोलेको जानकारी गराएपनि अहिलेसम्म पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन सकेको छैन । पम्पहरुमा तेल ढुवानी नभएको अवस्थामा काला बजारीहरुले किराना पसल, सडकको किनारा तथा आफ्ना् फर्म अगाडि खुलेआम मिनिरल वाटरको बोतलमा पेट्रोल विक्री गरेको पाइएको छ । उनीहरुले १ सय ५ रुपैयामा पाउने पेट्रोल ३ सय रुपैयासम्म खुलेआम बेचिरहदा समेत प्रशासन भने मौन रहेको देखिएको छ । उनीहरुले स्वयम् आफूहरुले नेपालका विभिन्न स्थान तथा भारतबाट खरिद गरेर ल्याएको पेट्रोल खुलेआम २ सय देखि ३ सय सम्म रुपैयासम्म बेच्ने गरेको बताउदै आएका छन् । धरानमा दैनिक १२ देखि १५ हजार पेट्रोलको आवश्यकता रहेको धरानमा सञ्चालन भएका पेट्रोलपम्पको तथ्यांकमा उल्लेख छ ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्