रानी भन्सार बाट हिजो दिनभरिमा २५ वाट तेल ट्यांकर भित्रिए

<span class='c1'>रानी भन्सार बाट हिजो दिनभरिमा</span> <span class='c2'>२५ वाट तेल ट्यांकर भित्रिए</span>

विराटनगर १९ असोज ।
हिजो दिनभरी सम्म बिराटनगरको रानी भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका २५ वटा सवारी साधन नेपाल प्रवेश गरेका छन् । लामो समयदेखि नाका बन्द हुँदा भन्सार जाँचपासको प्रतिक्षामा रहेका पेट्रोल, डिजेल र ग्यास बोकेका ट्यांकर भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो । दिउँसोसम्म १३ वटा डिजेल, १० वटा पेट्रोल ट्यांकर र २ वटा ग्यास बुलेट नेपाल प्रवेश गरेका छन् । यो क्रम जारी रहेको भन्सार प्रमुख बस्नेतले जानकारी दिनुभयो । रानी भन्सारमा मधेसी मोर्चाले आज कुनै अवरोध गरेको छैन । मोर्चाका कार्याकर्ताले नाकामा अवरोध गरेपछि राती १२ वजे प्रहरीले २ राउण्ड हावाई फायरिङ गरेर उनीहरुलाई हटाएको थियो । हिजो विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेत र जोगबनी भन्सार प्रमुख प्रनेश गुप्तासहित भएको छलफलमा नाका खोल्ने लगायत पाँच बुँदे सहमति भएको थियो । बैठकमा तेल, औषधि र खाद्यान्न बोकेका गाडीलाई प्राथमिकता दिर छुटाउने, नाकामा हेल्प डेस्क राख्ने, प्रहरीले सुरक्षा दिएर मालबाहक गाडी नेपाल ल्याउने, ब्यवसायीले भन्सार बिलम्ब शुल्क बुझाउने लगायत सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्