मोरङ, असोज १९
मोरङ जिल्लाको बिराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकै सोमबार राती पटाका बिष्फोट भएको छ।
सोमबार राती करिब पौने नौ बजेतिर बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट नजिक सुतलीले बेरेको पटाका विष्फोट भएको हो। बिष्फोटबाट कुनै क्षती भएको छैन्।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा घटनास्थलबाट बिराटनगर २२ बस्ने ३० वर्षिय जमिर हुसैन, ५५ वर्षिय मोहमद मियाँ र भारत जोगबनी बस्ने २९ वर्षिय श्रवण मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।