बिराटनगरबाट लागुऔषधसहित दुई युवक पक्राउ

<span class='c1'>बिराटनगरबाट लागुऔषधसहित दुई</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, असोज १९

मोरङ जिल्लाको बिराटनगरबाट सशस्त्र प्रहरीले सोमबार लागुऔषधसहित दुई युवकलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ।

सिमा सुरक्षा कार्यालय मोरङबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले सुनसरी रामपुर गाविस ७ बस्ने बर्ष ३० को सुनिल पासवान र बिराटनगर १६ बस्ने बर्ष २८ को गोपाल रामलाई लागुऔषध कोरेक्स र स्पास्मोप्रोक्सिवन ट्याब्लेटसहित बिराटनगर २१ दरैयाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको हो। उनीहरुको साथबाट ३० बोतल कोरेक्स र ७२० वटा स्पास्मोप्रोक्सिभन ट्यावलेट बरामद भएको छ।

पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्