बिराटनगर असोज २०
जिल्ला शिक्षा कार्यालय पांचथरले जिल्लाका सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल थालेको छ । यसको आवश्यक गृहकार्यका लागि जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको अध्यक्षतामा सुरु गर्न सरोकारवालाको बैठकले तीन सदस्यीय कार्यसमिति बनाएको छ । कार्यालयका योजना अधिकृत युगमणि सवेनहाङको संयोजकत्वमा फिदिम स्रोत केन्द्रका स्रोत व्यक्ति विनोद ठाकुर र पूर्व शिक्षा समिति सदस्य राधाकृष्ण न्यौपाने सदस्य रहेको समिति बनेको हो । समितिले तत्काल जिल्लाको नेट तथा विद्युत् पहुँचको अवस्था अध्ययन गरेर ई–शिक्षा अध्ययन अध्यापन गराउनलाई पूर्वाधारको काम थाल्ने निर्णय गरेको छ ।