दसैंका लागि टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकियो

दसैंका लागि टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकियो

बिराटनगर असोज २०

दसैंका लागि आन्तरिक वायुसेवाका उडानको टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकिएको छ । तराई बन्द र भारतले लगाएको नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यसवर्ष हवाई यात्रुको चाप बढेको हो।संखुवासभाको तुम्लिङ्गटार बिमानस्थलमा यात्रुको चाप अत्याधिक मात्रामा बढेको पाइएको छ भने दशैंका लागि तुम्लिङ्गटार भएर जाने यात्रुका लागि सबै टिकट सकिएको छ। बुद्ध, यति तथा गोमा एयरले उडान भरी रहेको तुम्लिङ्गटारमा दशैं पछि मंसिर सम्मको लागि टिकट सकिएको स्थानीयको भनाइ छ। तर, अहिलेको यो नाकाबन्दी कायम रहेमा आन्तरिक वायुसेवा कम्पनीले दसैंका लागि सस्तो भाडादरमा उडान नगर्ने गरी नर्मल भाडादरमा मात्रै बुकिङ लिएका भए पनि इन्धनको आपूर्ति सहज नभएको कारण उडान अझै निश्चित भएको ब्यबसायीले बताएका छन ्। संखुवासभा जिल्लाको तुम्लिङ्गटार बिमानस्थलमा यात्रुको चाप बढे पछि अब केही दिनमा नै गोमा एयरलाइन्सले दैनिक २ पल्ट उडान गर्ने जनाएको छ। इन्धन अभावले सवारीसाधन, होटेलदेखि वायुसेवासम्म प्रभावित हुन थालिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्