अघोषित नाकाबन्दी गर्नेलाई अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्नु पर्नेः प्रचण्ड

<span class='c1'>अघोषित नाकाबन्दी गर्नेलाई अन्तराष्ट्रिय अदालतमा</span> <span class='c2'>मुद्धा हाल्नु पर्नेः प्रचण्ड</span>

प्रेम देवान
विराटनगर २० असोज ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल बिरुद्ध अघोषित नाकाबन्दी गर्ने भारतलाई अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्नु पर्ने बताउनुभएको छ।
बिराटनगर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । सुनसरीको इटहरीस्थित पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आउनुभएका अध्यक्ष प्रचण्डले नेपाल बिरुद्ध नाकाबन्दी गर्दै भारतले अन्तराष्ट्रिय कानुन उलङघन गरेको र कानुन उलङघन गर्नेलाई मुद्धा हाल्दा केही फरक नपर्ने बताउनुभयो ।
नेपालमा जारी समस्याहरुको बिषयमा अध्यन गर्दै आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा आफुहरुको निर्णय रहेको र चाडै पुनः बार्ताको माध्यमबाट सहमती खोजीने पनि उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले आन्दोलनरत मधेशी मोर्चाका नेताहरुलाई आन्दोलन छाडेर बार्ताको माध्यमबाट सहमती खोजी मुलुकलाई निकास दिन र जारी संबिधानलाई सबैले स्वागत गर्नपनि बिशेष अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्