बिराटनगर असोज २१ ,
बिगत २ हप्ता देखी भारतले लगाएको अघोसित नाकाबन्दीबाट देशका मुख्य नाका बन्द रहिरहेको अवस्थामा बिराटनगर जोगबनी नाकाबाट हाल सम्म २२ पेट्रोलका ट्यांकर भितृएका छन । आइतबार कुनै पनि ट्यांकर नभितृए पनि सोमबार १० पेट्रोल ट्यांकर , २० डिजेल ट्यांकर र १ हवाइ इन्धन त्यसैगरी मंगलबार १३ पेट्रोल २१ डिजेल र बुधवार ११ पेट्रोल र ३७ डिजेल , ४ बुलेट आएका थिए । सबै नाकाहरुमा कडाइ गरिरहेको बेला बिराटनगर नाका भने केहि खुकुलो भएको छ ।