गए राति विराटनगर र नेपालगन्जको भन्सार नाका हुँदै इन्धन बोकेका ७२ वटा गाडी नेपाल प्रवेश

<span class='c1'>गए राति विराटनगर र नेपालगन्जको भन्सार  नाका हुँदै</span> <span class='c2'> इन्धन बोकेका ७२ वटा गाडी नेपाल प्रवेश</span>

विराटनगर २१ असोज ।
पेट्रोलियम पदार्थको आयात बढ्न थालेको छ । गए राति विराटनगर र नेपालगन्जको भन्सार नाका हँुदै इन्धन बोकेका ७२ वटा गाडी भित्रिएका छन् । विराटनगर नाकाबाट डिजेलका ४२ वटा र पेट्रोलका ११ वटा ट्यांकर तथा ग्यासका १३ वटा बुलेट भित्रिएका छन् । यस्तै नेपालगन्ज नाका हुँदै ५ वटा पेट्रोलका ट्यांकर र एउटा ग्यासको बुलेट नेपाल आएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । पेट्रोलको आयात बढेपछि विराटनगरमा सबैलाई तेल वितरण गर्न थालिएको छ । आज देखि निजी र सार्वजनिक सबै गाडीलाई तेल दिन थालिएको छ । विराटनगर भन्सार नाकाबाट हिजो देखी केहीमात्रा तेलको आपूर्ति बढेपछि आजदेखि वितरण गर्न लागिएको हो । यसैबीच इन्धन आयातका लागि नेपाल आयल निगमले ग्लोबल टेन्डर खोल्ने तयारी गरेको छ । दसैँका लागि भने हवाई जाहाजमार्फत तेल ल्याउने गृहकार्य भैरहेको निगमले जनाएको छ ।
०००००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्