बिराटनगरमा सशस्त्र प्रहरीको गाडीमा सुतली बम प्रहार

<span class='c1'>बिराटनगरमा सशस्त्र प्रहरीको गाडीमा</span> <span class='c2'>सुतली बम प्रहार</span>

मोरङ, असोज २२

मोरङ जिल्लाको बिराटनगरमा बिहिबार राती सशस्त्र प्रहरीको गाडीमा सुतली बम प्रहार भएको छ।

मोटरसाइकल चढेर आएका अज्ञात दुई जनाको समुहले बिराटनगर १८ स्थित जतुवा नहरमा सिमा सुरक्षा कार्यालय मोरङको टोलीलाई लक्षीत गरी सुतली बम फ्याँकी फरार भएका हुन्।

नम्बर नखुलेको मोटरसाइकल चढी आएको दुई जनाको समुहले बिराटनगरबाट रानीस्थित कार्यालयतर्फ फर्कदै गरेको सशस्त्र प्रहरी बलको गाडीमा बम फ्याँकी फरार भएका थिए।

उक्त बम गाडीको पछाडी ढालामा ठोक्किएर भुँईमा बिष्फोट भएको थियो। बिष्फोटन बाट कुनै क्षती नभएको बुझिएको छ।

घटनामा संलग्न व्यक्तिहरुको प्रहरीबाट खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्