मुलुकका मुख्य भन्सार नाकाब अझै पनि खुलेन

<span class='c1'>मुलुकका मुख्य भन्सार नाकाब</span> <span class='c2'>अझै पनि खुलेन</span>

विराटनगर २२ असोज ।

भारतीय नाकाबन्दीका कारण मुलुकका मुख्य भन्सार नाकाबाट अझै पनि इन्धनलगायतका सामाग्रीको आयात सहज हुन सकेको छैन । पेट्रोलियम पदार्थले भरिएका सयौं सवारी साधन भारतीय भूमिमै रोकिएका छन् । विराटनगरको रानी भन्सारबाट बिहीबार ३२ वटा मालबाहक गाडी नेपाल भित्रिए पनि ग्यासको एउटा बुलेटमात्र भित्रिएको छ । यो नाकामा कुनै अवरोध नभएकाले आज केही गाडी इन्धन नेपाल भित्रन सक्ने बताइएको छ । त्यस्तै, नेपाल आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरको डिपोबाट ३१ वटा इन्धनका गाडी काठमाडौंका लागि पठाइएको छ । जसमा २५ वटा डिजेल र ६ वटा पेट्रोल बोकेका ट्यांकर छन् । पूर्वी नाका काँकरभिट्टाबाट गएरातिसम्मा ९२ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् । जसमा ३ वटा डिजल र २ वटा पेट्रोलका ट्यांकर छन् । अन्य गाडीमा खाद्यान्न, लत्ता कपडालगायतका सामाग्री रहेका छन् ।

००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्