मधेसी जनता अब गुलामबाट मुक्त हुनुपर्छ : रेणु यादव

<span class='c1'>मधेसी जनता अब गुलामबाट मुक्त</span> <span class='c2'>हुनुपर्छ : रेणु यादव</span>

विराटनगर २२ असोज ।

संघीय समाजवादी फोरमका केन्द्रिय उपाध्यक्ष रेणु यादवले मधेसी जनता अब गुलामबाट मुक्त हुनुपर्ने र त्यसको निम्ति अहिले अन्तिम अवस्था आएको बताउनुभयो । युवाहरुले जुन किसिमले छातिमा गोली थापेका छन्, जेष्ठ नागरिकले पनि अब त्यसको सामना गर्न आवस्यक भएको बताउनु भएको छ । विराटनगरको महावीर चोकमा भएको सभालाई सम्बोधन गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केन्द्रिय उपाध्यक्ष यादवले अहिलेसम्म खस शासक वर्गले आफू मालिक भएको मानसिकताबाट ग्रसित भएको भन्दै यसपटकको निर्णायक आन्दोलनले मधेसी जनतालाई मालिक बनाउने समय आइसकेको बताउनुभयो । उहाँले संविधानसभाबाट पारित संविधान कुनै पनि हालतमा मान्न तयार नभएको बताउँदै मधेसलाई बराबरीको हक प्राप्त नभएसम्म मधेसीको सहभागितामा संविधान नबनेसम्म मान्य नहुने बताउनुभयो ।
कार्यक्रममा तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय सदस्य सलिम अन्सारी, सद्भावना पार्टीका नेता दिलीप धाडेवा, फोरम लोकतान्त्रिककी जस्मिन मण्डल, मजदुर नेता सुरेन्द्र दुवेलगायतका वक्ताहरुले बोल्नु भएको थियो । आन्दोलनकारीले शनि मन्दिर चोकमा हिजो साँझ एक भारतीय मालवाहक गाडीमा तोडफोड गरेका छन् । एमएच–०४–एचयू–८८५३ नंं. को गाडीमा मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका थिए । उनीहरुले गाडीमा आगो लगाउने प्रयास समेत गरेका थिए । प्रहरीले भट्टीमोड गुद्रीमा प्रदर्शनकारीमाथि अन्धाधुन्द लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट सर्वसाधारण, बटुवाहरु समेत घाइते भएका छन् । विराटनगर– १४ का ऋतिक सहनी, विराटनगर–४ का शिवहरि भट्टराई, विराटनगर–४का व्यास चौधरी, विराटनगर–१५ का विश्वनाथ पोद्दार घाइते भएका छन् । प्रहरीले पत्रकारहरु ब्रम्हदेव यादव, चिरञ्जीवि खड्का र प्रतीक श्रेष्ठलगायतमाथि लाठी प्रहार गरेको छ । प्रहरीको लाठी प्रहारबाट दुई दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा महिलाको संख्या बढी रहेको जनाइएको छ । प्रहरी हस्तक्षेपको विरोधमा स्थानीयवासीहरुले आज बिहानैदेखि विराटनगरको गुदरीलगायतको आसपासको क्षेत्र बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्