पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदा सरकारी कार्यालय सुनसान

पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदा सरकारी कार्यालय सुनसान

विराटनगर २२ असोज । नाकामा देखिएको अवरोधका कारण पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदा सुदूरपूर्वी पहाडी जिल्लामा सेवाग्राही आउन नसक्दा सरकारी कार्यालय सुनसान देखिन थालेका छन ् । पेट्रोलियम पदार्थको अभावले गर्दा गाउँमा कम मात्रै सवारी साधन सञ्चालन भएपछि सेवाग्राही कार्यालयसम्म आउन नसकेका हुन् । गाउँबाट नागरिकता लिन र राहदानी सिफारिसका लागि भिड लाग्ने जिल्ला प्रशासन कार्यालयसमेत सेवाग्राही नहुँदा सुनसान जस्तै बनेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताउनुभयो । यस्तै दसैँको समयमा तलब निकासका लागि गाउँबाट आउने शिक्षकहरु सवारी साधन नचल्दा पैदल दूरीबाट आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्