शुशिल कोइराला सहित शिर्ष नेताहरुको पुत्ला दहन

शुशिल कोइराला सहित शिर्ष नेताहरुको पुत्ला दहन

विराटनगर २२ असोज ।

सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार साझ आन्दोलनरत मधेशी मार्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री शुशिल कोइराला सहित शिर्ष नेताहरुको पुत्ला दहन गरी बिरोध जनाएका छन । बृहत मधेश संघर्ष समितिको आयोजनामा बिहीबार साँझ प्रधानमन्त्री शुशिल कोइराला, गृहमन्त्री वामदवे गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दहाल, एमाले अध्यक्ष केपी ओली, र एमाले बरीष्ठ नेता झलनाथ खनालको पुत्ला दहन गरेका हुन । नेपालमा जारी संबिधानको बिरोध गर्दै आन्दोलनमा उत्रिएको मधेशी मार्चाका कार्यकर्ताहरुले सुनसरीको इनरुवा स्थित जिविस रोडबाट सरकार बिरुद्ध बिभिन्न नारावाजी गर्दै बिरोध यार्ली सहित शिर्ष नेताहरुको पुत्ला दहन गरेका हुन । मोर्चाका कार्यकर्ताहरुले शिर्षस्थ नेताहरुको टाउको जोडेर रावणको आकृति बनाई पुत्ला दहन गरेका हुन् ।
००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्