बृद्धाआश्रममा खाने पानी ट्युबवेल निर्माण तथा हस्तान्तरण

<span class='c1'>बृद्धाआश्रममा खाने पानी ट्युबवेल</span> <span class='c2'>निर्माण तथा हस्तान्तरण</span>

बिराटनगर असोज २२

असल युवा क्लब बिराटनगर -५ ले बिराटेश्वर बृद्धाश्रममा खाने पानीको समस्या नहोस भनेर ट्युबवेल निर्माण गरि हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच पण्डित योगेश भण्डारी बृद्धाश्रमका संचालक जगत अर्याल क्लब अध्यक्ष देबचन्द्र घिमिरे र दाता अर्जुन खनालले सयुक्त रुपमा ट्युबवेलको उद्घाटन गर्नु भएको थियो । सो अबसरमा पन्डित योगेश भण्डारीले आगामी दिनमा आफ्नो तर्फबाट बृद्धाश्रमलाइ सक्दो सहयोग गर्ने र युवाहरुले गरेको कामको सबैले सराहना गर्नु पर्ने बिचार ब्यक्त गर्नुभयो ।

दाता अर्जुन खनालले आगामी दिनमा पनि क्लबको कार्यमा सहयोग गर्न आफु सधै तत्पर रहने र यस्तै कार्य आगामी दिनमा गर्न सकोस भन्ने सुभेक्षा ब्यक्त गर्नु भयो । त्यसतै बृद्धाश्रम का जगत अर्यालले ट्युबवेल निर्माण गरिदिएर सफा पानी पिउने बाताबरण बनाइदिएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । सोहि अबसरमा दहि चिउरा खुवाउनुका साथै फलफुल समेत बितरण गरिएको थियो । महासचिव सुभाष भण्डारी द्वारा संचालित उक्त कार्यक्रममा क्लबका पदाधिकारी सुभेक्षुक लगायतका मानिसहरुको सहभागीता रहेको थियो।आफुहरुलाइ शुद्ध पिउने पानीका लागी ट्युबवेल निर्माण गरिदिएकोमा बृद्धहरु निकै हर्षित भएको र क्ल्बको प्रगतीको लागी आशिर्वाद दिएको कुरा बृद्धहरुले ब्यक्त गरेका थिए। कार्यक्रम क्लबका अध्यक्ष देबचन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्