विराटनगर भन्सारबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडी भित्रिए

<span class='c1'>विराटनगर भन्सारबाट छत्तीसवटा पेट्रोलियम</span> <span class='c2'>पदार्थका गाडी भित्रिए</span>

विराटनगर, २२ असोज ।

विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् ।

सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । साथै मालवाहक ट्रक, कच्चापदार्थ बोकेका ट्रकहरु छन् । वेलुकीसम्म थप पेट्रोलियम पदार्थसहितका गाडी आउने सम्भावना रहेको उनले बताए ।

सो नाकाबाट बिहीबार पेट्रोलियम पदार्थ बोकेका एउटा पनि गाडी भित्रिएका थिएन ।आज विहानैदेखि पेट्रोलियम पदार्थका गाडीहरु भित्रिने क्रम सुरु भएको हो । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्