इन्धनको समस्या हुँदा सवारी साधन चल्न छोडे

<span class='c1'>इन्धनको समस्या हुँदा सवारी</span> <span class='c2'>साधन चल्न छोडे</span>

तेजन खड्का
उर्लाबारी असोज २२ गते ।
भारतले गरेको अघोषित नाकाबन्धीले इन्धनको समस्या हुँदा मोरङको उर्लाबारी—आम्बारी—झुनाबारी सडक खण्डमा सञ्चालित सवारी साधन सन्चालन हुन सकेको छैन् । नियमित रुपमा बिहान बेलुका कुद्ने २ ओटा बस इन्धनको अभावले सन्चालन गर्न नसकिएको बस व्यवसायी प्रजापति पोखरेलले बताउनुभयो ।
इन्धन नपाउदा व्यवसाय नै चौपट परेको पोखरेलले गुनासो गर्नुभयो । चाडपर्व पुर्वसन्ध्यामा गरिएको अघोषित नाकाबन्दीले इन्धन अभावमा बस सन्चालन नहुँदा यस क्षेत्रका मानिसहरुलाई आवात जावतमा पुरै समस्या भएको छ । शहरका बजार सम्म गएर किनमेल, औषधि उपचार,आफन्तजन काहाँमा जान पुरै समस्या भएको राजघाट—६ राजन रायमाझलीले बताउनुभयो । रायमाझीले नाकाबन्दीले हुँदा खानेहरु प्रभावित भएको गुनासो गर्नुभयो । हुनेखानेहरु महंगो मुल्य तिरेर भएपनि गन्तव्य सम्म पुगिरहेका छन्,रायमाझीले भन्नुभयो,हुँदा खानेहरु समस्याले टाउकोमा हात राखेर टोलाउनुको विकल्प छैन् ।
सरकारले जनतालाई सहज वातावरण बनाउन आग्रह समेत उहाँले गर्नुभयो ।
गाउँमा बस सन्चालन नहुँदा आफन्तजनहरु आउने जाने क्रम नै रोकिएको छ । नाकाबन्दीले गर्दा आउन लागेको दशैं पनि खल्लो हुने हो कि भन्ने राजघाट—७ कि हरिमाया प्याकुरेलले गुनासो गर्नुभयो । गाउँघरमा युवाहरु नभएर गाउँ नै सुन्य छ, त्यसमा पनि इन्धनको चरम अभाव कामयै रह्यो भने त टिका लगाउन पनि को आउला र ? प्याकुरेलले प्रतिप्रश्न गर्नुभयो ।
मोटरसाईलमा समेत इन्धन नहुँदा धेरै साइकल यात्रा गर्न थालेका छन् ।
महंगो मुल्यमा उर्लावारी राजघाटमा इन्धन भने किनबेच भईरहेको स्रोतले बताएको छ । यद्यपि,प्रहरी प्रसासनले यस्ता कालोबजारी गर्ने गिरोहको सन्जाल तोड्न भने सकेको छैन् ।
उर्लाबारीमा २ सय रुपैया देखी २५० रुपैया सम्म बिक्रि भईरहेको पाइएको छ । बोतलमा पाइने,तर पम्ममा नपाइने चालकहरुले गुनासो गरेका छन् ।

यता उर्लाबारी बरडंगा सडक खण्डमा सन्चालित सवारीसाधनहरुको संख्या पनि पातलिएको छ । २ दर्जन बढी सन्चालन हुने यस खण्डमा हाल दुईवटा मात्र बस सन्चालनमा छन् । सन्चालन हुने बसको संख्या पातलिदा यात्रुहरु कोचिएर,झुण्डिएर जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
इन्धन अभावका कारण थोरै मात्र सवारी साधन चल्ने भएकोले यात्रुहरु पनि अलपत्र पर्ने गरेका छन् ।
यता विद्युतिय रिक्सा सिटी सफारीले भने छोटा दुरीहरु यात्रुहरुका लागि भने आवतजावतमा टेवा पुर्याएको छ । इन्धन अभावमा बस चल्न छोडेपछि मानिसहरु गन्तव्यको विकल्प सिटी सफारी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्