बिराटनगरको आर.आर.टिले जित्यो भारतमा इ-एनजिअाे अवार्ड

<span class='c1'>बिराटनगरको आर.आर.टिले जित्यो भारतमा</span> <span class='c2'> इ-एनजिअाे अवार्ड</span>

बिराटनगर असोज २३

नेपालमा केहि महिना अघि गएकाे महाभुकम्पकाे समयमा उत्कृष्ट कार्य गरेबापत बिराटनगरका युवाहरुले सुरु गरेको 'र्यापिड रेस्पाेन्स टिम'ले भारतकाे नयाँ दिल्लीमा अायाेजित दक्षिण एशियाली इ-एनजिअाे अवार्डमा 'चेयरपर्सनकाे छनाैटमा परेकाे उत्कृष्ठ अभियान अवार्ड' प्राप्त गरेकाे छ । भूकम्प गएको बेला यस टिमले नेपालका बिभिन्न ठाउँमा भुकम्पमा परेका लाई खोज्न आइ सि टि को प्रयोगबाट सहयोग गरेको थियो ।
उक्त अवार्ड कम्प्युटर एशाेसिएसन माेरङका अध्यक्ष निर्मल तामाङलगातकाे टाेलीले त्यहाँ अायाेजित एक भव्य कार्यक्रम बिच ग्रहण गर्नु भएकाे छ । सामजिक संजालको प्रयोगबाट उत्कृष्ट काम गर्ने सस्थालाई दिइने यस अवार्डमा गत बर्ष पनि बिराटनगरबाट सुरु भएको युवा हरुको सस्था " युथ फर ब्लड " ले जित्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्