साइक्लिङ क्रेज बिराटनगरमा बढ्दै

<span class='c1'>साइक्लिङ क्रेज</span> <span class='c2'>बिराटनगरमा बढ्दै</span>

न पेट्रोल डिजेल लाग्ने , न वातावरणलाई प्रदुशन गर्ने , शरिरलाई पनि फाइदा " साइकिलिङ " बिराटनगरका युवा माज पनि लोकप्रिय हुँदै गएको छ । साइकल चढ्न लजाउने युवा पनि अहिले बिराटनगरका चोक-चोकमा साइक्लिङको मज्जा लिदै गरेको देख्न सकिन्छ ।

युवा सर्वज्ञराज पाण्डे जहाँ जानु परे नि आफ्नो माउनटेन बाइक निकालेर हिड्छन , उनि भन्छन " मलाई साइकल मै घुम्न मज्जा लाग्छ " उनिहरु साथीहरु मिलेर अहिले हरेक शनिबार बिहानै या बेलुका समय मिलाएर साइकल मै बिराटनगर घुम्ने कार्यक्रम बनाएर घुम्ने गरेका छन ।" बिराटनगर भनेपछि सबैलाई यहाको बजार याद आउछ तर त्यो बाहेकको बिराटनगर धेरै कमले देखेका छन् , त्यही खोज्न हामी निस्केका हौ । " सर्वज्ञ बताउछन । उनि सँग नै साइक्लिङको मज्जा लिने युवा इन्साफ पोखरेलको रुची पनि साइकल मै घुम्नु रहेको बताउछन । बिराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा पढ्ने उनि कलेज पनि साइकल मै जाने गरेको बताउछन । 

[caption id="attachment_15890" align="aligncenter" width="560"]cyclingbrt साइक्लिङको मज्जा लिदै सर्वज्ञ र इन्साफ..[/caption]

साइक्लिङको मज्जा लिनेमा  बिराटनगरका युवा ब्यवसायी रोशन थापा पनि पर्छन । उनि बिराटनगरमा अलि कम तर  उनको हिलेमा रहेको होटेल होरिजन माउन्टेन रिसोर्टमा रहदा खुबै साइकिलिङको मज्जा उठाउन रुचाउछन । उनले हिलेबाट बसन्तपुर - तीनजुरे साइक्लिङ  यात्रा पनि पर्यटकका लागी सुरु गरेका छन ।

यस्तै बिराटनगरका होटेल संचालक युनिस राज श्रेस्ठ पनि साइकलका पारखी हुन । साथीभाई सँग उनि पनि फुर्सद हुने बित्तिकै निस्किन्छन घुम्न बिराटनगर र वरिपरी । बिस्तारै साइकल चढ्ने  युवाको जमात बढ्दै जान थालेको छ । केहि ब्यक्ती सोखको लागी पनि साइक्लिङ गर्ने गरेका छन भने कोही डाक्टरको सल्लाह अनुसार पनि शरिर स्वास्थ राख्न साइकल चढछन ।

पछील्ला दिनमा पेट्रोलको अभाब सृजना भए पछी धेरै मानिस साइकलको प्रयोग गर्न थालेका देखिन्छन बिराटनगरमा । साइकललाई अझ प्रोत्साहन गर्न सके शहरको ट्राफिक र वातावरण स्वच्छ हुने सर्वज्ञको दाबी छ । 

प्रस्तुती : बिबेक दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्