बिराटनगर असोज २३ बिश्व मानसिक स्वास्थ दिवसका दिन पारेर आज बिराटनगरमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिराटनगर ऊप-माहानगरपालिका र मेन्टल हेल्थ फस्ट प्राईरोटिको आयोजना साथै युथ फर ब्लड, नेपाल र अनलाईन मिडिया आवर बिराटनगर डट नेटको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बिराटनगर उपमहानगरपलिकाको हलमा सम्पन्न भएको ऊक्त अन्तक्रियामा कोशी अन्चल अस्पतालका मे.सु साथै बरिष्ठ मनसिक रोग विशेषज्ञ डा.रोसन पोख्रेल मुख्य बक्ताका रुपमा रहनु भएको थियो भने बिराटनगर उपमहानगरपलिका कार्यकारी अधिकूत गोपाल रेग्मीले युवाहारुलाई ऊत्प्रेरीत गर्नुका साथै आफ्नो अनुभव सुनाऊनु भएको थियो । ७० जना बिभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी ऊक्त कार्यक्रमको ऊदेश्य मानसिक स्वास्थ र यस सम्बन्धि भ्रम हटाउने रहेको कार्यक्रम आयोजकले जानकारी दिए ।
यस्तै ,
[caption id="attachment_15894" align="alignright" width="300"] मोरङ लायन्स / लियो क्लब द्वारा आयोजित कार्यक्रम[/caption]
बिराटनगर मोरङ लायन्स / लियो क्लब द्वारा मानसिक स्वास्थ यसका असर र अपनाउनु पर्ने सजगता र यसको पहिचानको बिषयमा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ । श्रीकृष्ण पार्टी प्यालेसको सभा हलमा आयोजित उक्त कार्यक्रममा मानसिक स्वास्थका बारेमा कोशी अञ्चल अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोख्रेलले युवा अबस्था प्रौढ महिला बालबालिका सबैलाइ यो समस्या हुने भए पनि परामर्शमा जान हिच्किचाउने कारण यो समस्या बढ्दै गइरहेको र हामी यस तर्फ सजग हुनु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो । करिब ७० जना सहभागी उक्त कार्यक्रममा सहभागी ले आफ्नो समस्या राखेका थिए भने डा. पोख्रेलले सहभागी को जिज्ञासाको जबाफ दिनु भएको थियो ।