चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

<span class='c1'>चौध वर्षीया बालिकालाई बलात्कार</span> <span class='c2'>गरेको आरोपमा एक पक्राउ</span>

ईलाम २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको (३) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको सोही नम्बर बमोजिम लिम्बूलाई सात वर्ष कैदको फैसला गरेको हो । लिम्बूलाई जबर्जस्ती करणी ऐनअन्तर्गतको १० नम्बर बमोजिम पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउन आदेश समेत दिएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । लिम्बूले गत साउन २८ गते बेलुका ती बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्