विराटनगर २३ असोज
आज विराटनगर भन्सारबाट जम्मा ६८ वटा मालवाहक गाडी नेपाल भित्रिएको छ । भारतको जोगवनीमा रोकिएका डिजलका ४, पेट्रोलका दुई सहित ६८ मालवाहक गाडी नेपाल भित्रिएका मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । त्यस क्रममा आन्दोलनकारी मधेसी मोर्चाले भन्सार नाकामा अवरोध पु¥याएका थिए । केही बेर तनाव भएपछि प्रहरीले वल प्रयोग गरेको थियो । त्यसपछि आन्दोलनकारी भारततर्फ गएर प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । भारतीय प्रहरीले भीडलाई तितरवितर पारेपछि अहिले रानी भन्सार क्षेत्रको अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ ।
००००००