बिराटनगर असोज २४
सुस्त मनिस्थति अभिावक संघ मोरङले बौद्धिक अपंगता भएका व्यक्तिहरुका लागि विद्यालयमा पहुँच तथा शैिक्षक विकास र समावेशीकरणलाई सहयोग पु¥याउने हेतुले शनिबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै उर्लाबारी–६ मंगलबारेमा आगमी असोज २५ गतेदेखि कात्र्तिक २५ गतेसम्म मिनि मेला मोहोत्सवको आयोजना गर्ने जनाएको छ ।
संघका उपाध्यक्ष व्यासकुमार लिम्बूका अनुसार बौद्धिक अपंगता भएका व्यक्तिहरुलाई राज्यले विवेद गरेको र राज्यबाट पाउने सुविधाले केही नहुने उनको भनाइ छ । बौद्धिक अपंगता भएका व्यक्तिहरुका अभिभावकहरुलाई सबैभन्दा बढि समस्या हुने र उनीहरुको स्यारसुसारमा अभिभावकहरुको अधिकांश समय खर्चिने गरेको उपाध्यक्ष लिम्बूले बताउनुभयो । उर्लाबारी–७ मंगलबारे स्थित सुनपकुवा उमाविमा बौद्धिक अपंगता भएका व्यक्तिहरुका लागि भनेर सञ्चालन गरिएको शिक्षा कार्यक्रममा मेलाबाट प्राप्त आम्दानी लगानी हुने उहाँले जानकारी दिनुभयो ।