धनकुटाको वेलहारामा शनिवार बिस्फोट

<span class='c1'>धनकुटाको वेलहारामा</span> <span class='c2'>शनिवार बिस्फोट</span>

रबिन कटेल
धनकुटा २३ असोज । धनकुटाको वेलहारामा शनिवार बिस्फोटक पदार्थ पड्किएको छ । बिस्फोटमा परी एक जना गंभिर घाईते भएका छन । धनकुटा नगरपालिका १४ वेलहारा स्थित जगविर मगरको बारीमा दिउँसो  बिस्फोटभएको हो । आफ्नै बारीमा खन्ने क्रममा पहेलो डल्लो जस्तो वस्तु देखिएपछी सो डल्लो खोल्ने क्रममा अचानक पड्किदा ६० बर्षिय मगर घाईते भएका हुन । उनको दुवै हातको कुईना देखी मुनी सवै भाग झरेको छ । त्यस्तै शरिरका अन्य भागमा समेत चोट लागेको छ । गंभिर घाईते मगरलाई अपरान्ह उपचारका लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था चिन्ताजनक छ । घटना पस्चात जिल्ला प्रहरी कार्यालय वाट प्रहरी गएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता बिमल बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्