बिराटनगर असोज २४ , मधेशी मोर्चाको आन्दोलनमा समर्थन जनाइरहेको तराइ मधेश राष्ट्रिय अभियानले बिराटनगरमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । आज बिराटनगर १२ स्थित घोगापुल चोकमा तमरा अभियानका केन्द्रिय सद्स्य सलिम अन्सारीको टोलिले नाला र बाटोको सफाइ गरेको हो । सफाइ गर्नेमा तमरा यूवा नगर सचिव गौतम भगत , रामसपाका राजेस साह लगायतको उपस्थिती रहेको थियो । बिराटनगर उपमहानगरपालिकाको काम कर्तब्य बुझाउन यस्तो काम गरेको अभियानका सलिम अन्सारीले बताए ।