बिराटनगर असोज २४
सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा दुई दर्जन बच्चा सिकिस्त बिरामी परेका छन् । गएराति होस्टलमा बसेका बच्चाका लागि तयार पारिएको खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका करिब दुई दर्जन बच्चा सिकिस्त बिरामी परेको बताइएको छ । सिकिस्त परेकाहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
००००