नोवल अस्पताल विराटनगरको आर्थिक सहयोगमा पाथीभरा मन्दिरमा पानी

<span class='c1'>नोवल अस्पताल विराटनगरको आर्थिक</span> <span class='c2'>सहयोगमा पाथीभरा मन्दिरमा पानी</span>

बिराटनगर असोज २४

ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्याउन नोवल मेडिकल कलेज विराटनगरको आर्थिक सहयोगमा पाथिभरा क्षेत्र विकास समितिले बोतलमा पानी अभियान सुरु गरेको छ । पाथीभरा क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे पनि प्लास्टिकका बोतलमा पानी लैजाने र उतै फाल्ने गरिएको र व्यवस्थपान पनि नहुँदा कार्यन्वयनमा समस्या भईरहेको समयमा पाथीभरामा पानी पनि लैजाने र प्लास्टिक मुक्त क्षेत्र घोषणा लाई पनि सघाउ पुर्याउने उद्धेश्यले तिर्थयात्रीलाई बोतलमा पानी वितरण गर्ने अभियान सुरु गरीएको समितिका अध्यक्ष सजन पौडेलले बताउनुभएको छ । पाथिभरामा पानी पु¥याउने उद्धेश्यले नोवल मेडिकल कलेजले दश लाख रुपैयाँ क्षेत्र विकास समितिलाई प्रदान गरेको र सोहि उद्धेश्य बमोजिम केहि रकमले बोतल खरीद गरी तिर्थयात्रिलाई वितरण गर्न माथिल्लो फेदिमा रहेको प्रहरी चौकिको रोहबरमा होटलहरुलाई हिजो प्रदान गरीएको थियो । बोतल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेल र जिल्ला विकास समिति ताप्लेजुङका योजना अधिकृत अम्बिका प्रसाद चौलागाईले संयुक्त रुपमा माथिल्लो फेदि स्थित प्रहरी चौकिका ईन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार खड्कालाई प्रदान गर्नुभएको छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्