बिराटनगर असोज २४
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानमा सांकेतिक रुपमा शव प्रदर्शन गरेका छन् । मोर्चाले मधेस आन्दोलनलाई वेवास्ता गरेर मुख्य तीन दल नयाँ सरकारकोमा लागेको भन्दै मधेस आन्दोनको क्रममा ज्यान गुमाएका ४८ जनाको सांकेतिक रुपमा शव बनाएर सडकमा प्रदर्शन गरेको हो । गएको दुई महिनाअघि देखि तराइमा भएको आन्दोलनलाई वेवास्ता गरेको भन्दै मोर्चाले आइतबार शांकेतिक रुपमा शव बनाएर विरोध प्रदर्शन गरेका हुन् ।