रानी भन्सारक्षेत्रमा एसएसबीको आक्रमणबाट एक सशस्त्र प्रहरी घाइते

<span class='c1'>रानी भन्सारक्षेत्रमा एसएसबीको आक्रमणबाट</span> <span class='c2'>एक सशस्त्र प्रहरी घाइते</span>

विराटनगर, २४ असोज । विराटनगरस्थित रानी भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । एसएसबीको आक्रमणमा परी सशस्त्र प्रहरीका असई प्रदीप गिरी घाइते भएका हुन् । घटनाको विषयमा जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खरेलले एसएसबीका जवानहरुले नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर ड्युटीमा रहेका असई गिरीलाई भारतीय भूमिमा कुटपिट गर्दै एकथान पेस्तोलसमेत खोसेको जानकारी दिनुभयो । पछि नेपाल प्रहरीको एक समूहले गिरीलाई एसएसबीको माझबाट खोसेर ल्याएको उहाँको भनाइ छ । डिएसपी खरेलले आजै सीमाक्षेत्रमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुको आक्रमणबाट थप ४ जना प्रहरी घाइते भएको जानकारी दिनुभयो । सीमाक्षेत्रमा धर्ना र प्रदर्शन गर्ने क्रममा आन्दोलनकारीहरुले भारतीय भूमिबाट प्रहार गरेको ढुंगा, गुलेली र बोतल प्रहारबाट नेपाल प्रहरीका इन्सपेक्टर विनोद श्रेष्ठ, सई भरत थापा, सशस्त्र प्रहरीका जवान देवेन्द्र यादव र रोशन राजवंशी घाइते भएको उहाँले बताउनुभयो । घाइतेहरुको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनापश्चात कूटनीतिक प्रयासका लागि मोरङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु भारतीय सुरक्षा सयन्त्रसँग छलफल गर्न सीमाक्षेत्रतर्फ गएको सुरक्षा स्रोतले जनाएको छ । संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादव र पूर्व जिल्ला अध्यक्ष उमेश यादवको नेतृत्वमा नाकाक्षेत्रमा धर्ना बसेर अवरोध गर्ने प्रयास गर्दा तनाव सिर्जना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्