अन्तराष्ट्रिय बाल दिवसमा नृत्य प्रतियोगिता

<span class='c1'>अन्तराष्ट्रिय बाल दिवसमा</span> <span class='c2'>नृत्य प्रतियोगिता</span>

राजघाट २४ असोज
मोरङको राजघाट आम्वारी स्थित सार्वजनिक माविमा अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर गाविस स्तरिय अन्तर विध्यालय नृत्य प्रतियोगिता साथै आउदै गरेको दसै, तिहार र छैठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
कार्यक्रम सार्वजनिक माविको समनव्य, राजघाट गाविसको सहयोग र राजघाट बाल क्लब संन्जालको आयोजनामा भएको हो । नृत्य प्रतियोगितामा राजघाट भरिका ९ वटा सामुदायीक तथा निजी विध्ययालहरुको सहभागि रहेको थियो । कक्षा १ देखि ३ सम्मको समुह बाट प्रथम शान्ति क्षेत्र प्रावि दाश्रो अरनिको उमावि र तेश्रो नेबुला बोर्डीङ इङलिस स्कुल भए त्यस्तै कक्षा ४ र ५ सम्मको समुह बाट प्रथम राजघाट निमावि दाश्रो बहादुर बाबा प्रावि र तेश्रो अरनिको उमावि भए त्यस्तै कक्षा ६ देखि ८ सम्मको समुह बाट प्रथम प्रभात निमावि दाश्रो लक्ष्मि मावि र तेश्रो सार्वजनिक मावि भए त्यस्तै कक्षा ९ र १० सम्मको समुह बाट प्रथम अरनिको उमावि दाश्रो नेबुला बोर्डीङ इङलिस स्कुल र तेश्रो लक्ष्मि मावि भए भने अरनिको उमाविले हाइ स्कोर स्थान ओगटन सफल भए ।
कार्यक्रममा प्रमुख अतिथि श्रोत व्यक्ति गणेश दाहाल, विषिष्ठ अतिथि बाल संन्जाल अध्यक्ष विष्णु निरौला, मोरङ जिल्ला शिक्षा कार्यालयका कौशिनाथ खनाल, अभिसेक छिनाल रहेका थिए भने सार्वजनिक माविका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद उप्रेतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्