अघोषित नाकावन्दी केही खुकुलो हुदै

<span class='c1'>अघोषित नाकावन्दी केही</span> <span class='c2'>खुकुलो हुदै</span>

विराटनगर २५ असोज । भारतीय आयल निगमले पेट्रोलिय पदार्थ पठाउने जनाएसंगै भारतको अघोषित नाकावन्दी केही खुकुलो भएको छ । प्रमुख दुई नाकामा भारतले रोक लगाएपनि अरु नाकाबाट भने मालसामानका कन्टेनर र केही मात्रामा पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रने क्रम जारी छ । बिराटनगरको रानी भन्सारमा आइतबार मधेशी मोर्चाको अवरोध र्पुयाए पनि आज(सोमबार) भने नाका सामान्य नै छ । पेट्रोलियम पदार्थ नेपाल नभित्रिएपनि नेपाली ट्यांकरहरु भारत तर्फ गएका छन् । आज पेट्रोलिय पदार्थ केही मात्रामा भित्रने जनाइएको छ । पूर्वको काँकडभिट्टामा अवरोध बिना नै गाडीहरु भित्रिरहेका छन् । यो नाकाबाट आइतबार १ सय २२ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् जसमा १४ वटा पेट्रोल र ३ वटा ग्यांस बेकोका ट्यांकर रहेका छन् । आइतबार नै ३५ वटा ट्यांकर पेट्रोलियम पदार्थ लिन भारत तर्फ गएका छन् ।
०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्