दशगजा क्षेत्रमा व्यापक अतिक्रमण

<span class='c1'>दशगजा क्षेत्रमा</span> <span class='c2'>व्यापक अतिक्रमण</span>

विराटनगर २५ असोज ।
भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भुमि र दशगजा क्षेत्रमा व्यापक अतिक्रमण गरी बस्ती बसाएको छ । सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी भारतले नेपाली भुमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बनाउदा समेत नेपाल सरकार रमिते बनेको छ । सुनसरीका एक दर्जन गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरि बस्ती बसाउँदा समेत नेपाल सरकारले उक्त बस्ती हटाउन कुनै चासो नदेखाएको स्थानिय वासिन्दाको गुनासो छ । भारतसंग सिमाना जोडिएको सुनसरीको हरीपुर, श्रीपुर लौकही, नरसिंह, बसन्तपुर, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज, र अमडुवा गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरी बस्ती बसाएको छ ।
००००००
ं००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्