विराटनगर २५ असोज ।
दशैंको बेला सस्तो मूल्यमा सामान पाइने जोगबनी झनै असुरक्षित बन्दै गएको छ । बिहार प्रान्त निर्वाचनको लागि बोर्डर सिल हुनै लागेको बेला आइतबार रानी भन्सार क्षेत्र निकै तनावग्रस्त बन्न पुगेको थियो । सशस्त्र प्रहरी भन्सार राजश्व गस्तीका डिएसपी अर्जुन सापकोटाका अनुसार आन्दोलनकारीले विराटनगरको रानी भन्सार नाकामा भारतीय भूमिबाट एसिड भरिएको बोतलले नेपाल प्रहरीमाथि आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् । दसैंको बेला उपभोक्ताले खुट्टा राख्ने ठाउँ नपाइने जोगबनी नाका सुनसान बनेको छ । आइतबार कुनै पनि सामान नाका हुँदै नेपाल नभित्रिएको प्रहरीले बताएको छ ।
००००००