करणी मुद्दाका फरार छ महिनापछि पक्राउ

<span class='c1'>करणी मुद्दाका फरार</span> <span class='c2'>छ महिनापछि पक्राउ</span>

खोटाङ्ग २५ असोज । जबर्जस्ती करणी मुद्दामा फरार रहेका खोटाङका एक आरोपित छ महिनापछि पक्राउ परेका छन् । गत चैत–१ गते राति एक महिलालाई जबर्जस्ती आफ्नै कोठामा लगेर करणी गरेको मुद्दामा फरार रहेका जालपा–९ का ४६ वर्षीय भूमिराज राई पक्राउ परेका हुन् । पीडित महिलाको दाजुले दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको विशेष टोलीले उनलाई घरैबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । जिल्ला अदालतको आग्रहमा प्रहरीले राईलाई पक्राउ गरेर अदालतसमक्ष पेस गरेको छ । प्रतिवादी राईको नाममा वारेन्ट जारी गर्दै अदालतले पक्राउ गरेर आफूसमक्ष पेस गर्न प्रहरीलाई गत वैशाख ७ गते पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्