एक महिनाकी शिशुलाई अस्पतालमा छाडेर अभिभावक भागेपछि….

<span class='c1'>एक महिनाकी शिशुलाई अस्पतालमा</span> <span class='c2'>छाडेर अभिभावक भागेपछि….</span>

विराटनगर, असोज २५ एक अभिभावकले आफ्नै सन्तानलाई अस्पताल छाडेर फरार भएका छन ।  छोरीको निमोनियाको उपचार गराउन आएका सुनसरीका एक अभिभावकले आफ्नी एक महिनाकी शिशुलाई अस्पतालमा छाडेर भागेपछि उनले अभिभावकत्व मात्र गुमाएकी छैनन् उनको हेरविचार गर्न मान्छेको समेत अभाव भएको छ । सुनसरीको भादगाँउ सिनवारी नगरपालिका १० स्थित इक्राइ थारु टोलमा बस्ने मञ्जु चौधरीले आफ्नी एक महिनाकी बच्चिलाई अस्पतालमा  अलपत्र छाडेर भागेकी छिन् । गत भदौ ३१ गते अस्प्ताल भर्ना भएकी बच्चिको एनआइसीयुमा राखेर उपचार भइरहेको थियो । एनआइसीयुमा राखेर केहि दिन उपचार गराएपछि बच्चिलाइ वार्डमा सिफ्ट गरिएको थियो । तर वार्डमा सिफ्ट गरे लगत्तै उनको अवस्था पुन : चिन्ताजनक भएपछि एनसाइसियुमा भर्ना गरिएको थियो । बच्चिलाई दोस्रो पटक एनआइसीयुमा भर्ना गरे लगत्तै असोज २० गते उनका अभिभावकहरु बेपत्ता भएका हुन् । यसरी एक महिनाकी बच्चिलाइ अभिभावकले अस्पतालमा अलपत्र छाडेर भाग्दा उनको विचल्ली भएको छ । अहिले बच्चिको अवस्था सामान्य रहेपनि उनलाइ आमाको दुध ख्वाउन र हेरचार गर्न समस्या भएको अस्पतालले जनाएको छ । अभिभावक भागेपछि अस्पतालले नै उनको उपचार गरेपनि अहिले भने उनको हेरबिचार गर्न निकै समस्या भएको अस्पताल प्रशासनको भनाइ छ । यस विषयमा आफुहरुले प्रशासनलाई जानकारी गराएको भएपनि अहिलेसम्म उनको अभिभावकको कुनै खबर नआएको अस्पतालले जनाएको छ । अभिभावकको खोजी गरिदिन अस्पतालले प्रहरी प्रशासनसँग आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्