ओलीको गृह जिल्ला झापामा खुसीयाली

<span class='c1'>ओलीको गृह जिल्ला</span> <span class='c2'>झापामा खुसीयाली</span>

 

दमक, । नेपाली कम्युनिष्ट आन्दोलनको जगमा उदाउनुभएका झापाली नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुनुभएपछि उहाँको गृह जिल्ला तथा उहाँ निर्वाचित झापा क्षेत्र नं. ७ मा खुसीयाली छाएको छ ।

उहाँको गृह नगर तथा क्षेत्र दमकमा स्वतस्फूर्त रूपमा विजय उत्सव निकालिएको छ । साँझमा खुसीयालीमा र मूलकको समृद्धिको कामना गर्दै दीप प्रज्ज्वलन समेत भएको छ ।

२०७० साल मङ्सिर ४ मा भएको दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट बिजयी हुनुभएका ओली प्रधानमन्त्री हुनुभएपछि उहाँको गृह नगर दमकमा एक अर्कामा बधाई तथा शुभकामना आदानप्रदान गरिएको र मुलकको समृद्धिको कामना सहित दीपावली भएको ओलीका झापा एमालेका क्षेत्रीय इञ्चार्ज होमबहादुर थापाले बताउनुभएको छ ।

लामो समयदेखि ओलीसँग निकट रहनुभएका दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओलीले अब देशले काँचुली फेर्ने बताउनुभयो ।

एमाले अध्यक्ष ओली निवास दमकमा रहनुभएका उहाँले यो दिनलाई आफ्नो जीवबको खुसीको दिन भएको भन्दै उहाँले सधैँ मुलकको समृद्धि र हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले सबैको साथ पाएको समेत उहाँको ठम्याइ रहेको छ ।

२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी बहन गर्नुभएका ओलीको विजयले झापामा पार्टीका नेता कार्यकर्ताले मात्र नभएर सबैले खुसीयाली मनाइरहेको नेकपा एमाले झापाका सचिव मदन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार झापाबासीले नै ओलीको प्रधानमन्त्रीमा गौरव गर्दै खुसीयाली मनाइरहेका छन् ।

२०४८ सालमा सम्पन्न आमनिर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित हुनुभएका ओलीले निरन्तर आफ्नो राजनैतिक थलो झापालाई नै बनाएका कारण पनि उहाँप्रति झापाले सधैँ गौरव गर्दै आएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेची इञ्चार्ज हिक्मत कार्कीले बताउनुभयो ।

उहाँसग लामो समय राजनीतिमा सँगै सहयात्री भएर काम गर्नुभएका एमाले नेता नरेश खरेलका अनुसार २०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारयुक्त सङ्घर्ष गर्ने वा शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेर अगाडि बढ्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्