बिराटनगरमा पनि लिफ्ट दिने/लिने अभियान सुरु

<span class='c1'>बिराटनगरमा पनि लिफ्ट</span> <span class='c2'>दिने/लिने अभियान सुरु</span>

 

बिबेक दाहाल  ,बिराटनगर असोज २६ ,

Screenshot (25)

देशमा भारतले नाकबन्दी लगाएपछी उत्पन्न भएको पेट्रोलियम संकटमा काठ्मण्डौ लगायतका बिभिन्न ठाउँमा "कारपुल" यनिकी लिफ्ट दिने लिने कल्चर सुचारु भइसकेको छ । यसै अभियानलाई साथ दिएर बिराटनगरमा पनि यस्तै अभियान सुरु भएको छ । सोमबार बिराटनगर -६ का राहुल घिमिरेले बाटोमा भेटिएका धरानका एक बृधलाई बाटोमा भेटी नोबेल अस्पतालसम्म लिफ्ट दिए । दुख परेकालाई सहयोग गर्दा सच्चै मज्जा आउदो रहेछ उनि भन्छन । यस्तै बिराटनगरका युवा सरोज लम्सालले पनि आफ्नो फेसबुकमा इटहरीबाट कोही बिराटनगर जाने छ भनेर लेखेर राजविराज घर भएका भोजपुरको माध्यमिक बिध्यालयका शिक्षक ब्रम्हदेव प्रसाद सिहलाई लिफ्ट दिए । कोही बाइकमा आफु मात्र जादै छ भने लिफ्ट माग्न अनुरोध गर्न युवाहरुले आग्रह गरे । बिराटनगरमा धेरै यस्ता लिफ्ट दिने लिने काम भइरहेको अर्का युवा राजेश साह बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्