आज बाढिएन बिराटनगरमा पेट्रोल

<span class='c1'>आज बाढिएन</span> <span class='c2'>बिराटनगरमा पेट्रोल</span>

बिराटनगर असोज २६ ,

बिहानै ३ बजेबाट बिराटनगरका सबै पेट्रोल पम्पमा बाइकको घुइचो लागिसकेको थियो । हिजो बेलुकै देखी बिराटनगरमा भोली पेट्रोल दिन्छ रे भन्ने हल्लाले राती नै बिराटनगर बासीलाई उठाइसकेको थियो । तर जब मानिसहरु पेट्रोलको आशमा पेट्रोल पम्प पुगे त्यहाँ पेट्रोल नबाढिने भन्ने जानकारी पाएर धेरै फर्किए । पेट्रोल बाढ्ने आशमा केहि मानिस त ७ बजे सम्म पनि लाईन लगाएर बसे तर बाढिएन । सरकारले आज काठमण्डौ लगायत देशका बिभिन्न ठाउँ मा पेट्रोल बाढेपनी बिराटनगरमा भने बाढेन । बिहानै ३ बजे पेट्रोल हाल्न पम्प पुगेका बिराटनगर - १९ का राम थापा निक्कै आक्रोशित हुँदै प्रशासनले पेट्रोलको ट्यान्कर बिराटनगर नाकाबाट ल्याए पनि बिराटनगरमा नदिएको गुनासो पोख्दै थिए । बिराटनगरमा एक साता अगाडी पेट्रोल बाढिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्