मधेशी नेताको मधेश मै आलोचना

मधेशी नेताको मधेश मै आलोचना

बिराटनगर असोज २७ ,

बिगत दुइ महिनाबाट मधेशको माग अघी सारेर आन्दोलन गरिरहेका मधेसी मोर्चाका नेताहरुको मधेश मै आलोचना हुन थालेको छ । संसद भवनमा आन्दोलनलाई बिर्सेर गएकाले उनिहरुलाई मधेसी जनताले आलोचना गरेका हुन । यसै कारणले मधेसी मोर्चाका बिभिन्न पार्टिमा लागेका नेता पार्टी परित्याग गरिरहेका छन । मधेसी मोर्चाका बिजय गच्छदार उपप्रधानमन्त्री बनेपाछी झन उनको आलोचना हुन थालेको छ । हिजो थरूहट र मधेशी मोर्चाले बिजयकुमार गच्छदार कै गृह जिल्ला सुनसरीको दुहबी पुत्ला जलाएको छ । यस्तै तमरा अभियानका केन्द्रिय सदस्य तथा मधेस आन्दोलनमा सकृय सलिम अन्सारीले पनि आफ्नो फेसबुकमा मधेसी नेताले सत्ताका लागी मधेसको जनतालाई धोका दिएको भनेर लेखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्