बिराटनगरस्थित जोगबनी नाकाबाट लागुऔषधसहित चार पक्राउ

बिराटनगरस्थित जोगबनी नाकाबाट लागुऔषधसहित चार पक्राउ

मोरङ, असोज २७

मोरङ जिल्लाको बिराटनगरस्थित जोगबनी नाकाबाट मंगलबार लागुऔषधसहित चार युवा पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रन ईकाई बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर ५ बस्ने वर्ष १७ को सुवर्ण आचार्य, वर्ष २० को राजु पोखरेल, सुकदेव उराव र वर्ष २६ को केवल बोहरालाई लागुऔषध स्पास्मोप्रोक्सिवन र नाइट्रोसनसहित पक्राउ गरेको हो।प्रहरीले उनीहरुलाई जोगबनीबाट आउदै गर्दा बिराटनगर २० मा रोकेर चेकजाँच गरेको थियो। उनीहरुको साथबाट १४४ थान स्पास्मोप्राक्सिवन चक्की र २० ट्याब्लेट नाइट्रोसन फेला परेको थियो।प्रहरीले उनीहरु सवार रहेको को. १७ प ६०२४ नम्बरको स्कुटर र एउटा साईकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारैजनालाई थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्