सुनसरी, असोज २७
नेपालीहरुको महान चाड वडा दशैको अवसर पारेर मंगलबार सुनसरी जिल्लाको ईनरुवामा सुरक्षाकर्मीले मन्दिर सरसफाई गरेका छन्।
स्थानीय नेपाली सेना र नेपाल प्रहरीको सँयुक्त टोलीले सुनसरी वविया गा.वि.स. वार्ड नं. १ मा रहेको भगवती मन्दिर सरसफाई गरेका हुन्।
दशैसंगै नौ दिनसम्म भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिड हुने भएकाले मन्दिर सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक श्याम सिंह चौधरीले बताउनु भयो।
सरसफाई कार्यक्रममा सुरक्षाकर्मीसंगै स्थानीय सर्वसाधारणहरुको समेत सहभागीता रहेको थियो।