बिराटनगरमा दशै किनमेलको चहलपहल बढ्दै

<span class='c1'>बिराटनगरमा दशै किनमेलको</span> <span class='c2'>चहलपहल बढ्दै</span>

बिराटनगर असोज २९ ,

नेपालीहरुको महान चाड दसै नजिकिएपछी बिगत दुइ महिनाबाट बन्दको मार खेप्दै गरेको बिराटनगर बजारमा चहलपहल बढ्न थालेको छ । बन्दका कारण दुइ महिना सुनसान भएको बजारमा अहिले मानिसहरुको चहलपहल बढ्न थालेको हो । प्राय दसैमा निकै भिड हुने बिराटनगर बजार यस बर्ष कम भिड देखिए पनि क्रमिक रुपमा चहलपहल बढ्न थालेको किराना पसल व्यव्सायी अरुण साह बताउछन । बस नचलेपछी बिराटनगरका धेरै कपडा व्यवसायीहरुले हवाइजहाजबाट भए पनि कपडा ल्याएर बेचिरहेका छन । बन्दका कारण निकै सस्ती खेप्नु परेको तर नेपालीहरुको यस्तो महान चाडको बेला पनि बन्द गर्ने बन्दकर्ता प्रती बिराटनगरका व्यवसायी निकै आक्रोसित देखिएका छन । " लगातारको बन्दले हाम्रो गरी खाने पेसा धरापमा परेको , कृपया बन्द यस्तो चाडको बेला भने फिर्ता गर्नुहोस " व्वसायी राकेश अग्रवाल बन्दकर्तालाई अनुरोध गर्छन । बन्दले बिराटनगरमा चलिरहेको जैन धर्मको चतुर्मासमा पनि ठुलो असर परेको युवा व्यवसायी मनिस कोठारी बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्