लियोको शुभकामना आदानप्रदान

<span class='c1'>लियोको शुभकामना</span> <span class='c2'>आदानप्रदान</span>

बिराटनगर असोज २९

लियो डिस्टिक 325 A1 नेपालले बिजयादशमी शुभ दिपावली तथा छ्ठ पर्वको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि मनाएको छ । उक्त कार्यक्रमलियो डिस्टिक 325A1 कि उपाध्यक्ष एलिसा तिम्सिना को सभापतित्व मा सम्पन्न भएको थियो भने लायन राजन श्रेष्ठ ,लायन रेबत बाहदुर कार्की ,लायन डा. उद्दब पोखरेल ,लायन बजरङ बाहेती लायन कैलाशखाकी श्रेष्ठ ,लायन सरस्वती सिटौला ,लायन संगमदिप श्रेष्ठ ,लियो रन्जित भगत ,लियो बिशाखा झा ,लियो दोर्ण घिमिरे लगायत ले शुभकामना ब्यक्त गर्नु भएको थियो । सहभागी बक्ताहरुले यस्ता कार्यक्रमले एक आपसमा भाइचारा बढ्ने र समाजमा एकता कायम राख्न मद्दत पुग्ने बिचार व्यक्त गरेका थिए । करिब ६० जना सहभागी रहेको उक्त कार्यक्रममा शुभकामना आदानप्रदानका साथ साथै मनोरञ्जनात्मक कार्यक्रममा सहभागीहरु रमाएका थिए । त्यस्तै सबै सहभागीहरुलाइ धन्यवाद मन्त्वय ब्यक्त गर्दै आगामी दिनमा पनि लियो रचनात्मक काम गर्दै अघि बढ्ने बिचार लियो रन्जन कुमार साहीले ब्यक्त गर्नु भएको थियो । बिराटनगर लायन्सको सभा हलमा समापन भएको उक्त कार्यक्रमको संचालन लियो सुभाष भण्डारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्