प्रहरी दिवशको अवसरमा झापामा बजार सरसफाई

प्रहरी दिवशको अवसरमा झापामा बजार सरसफाई

झापा, असोज २८ ६० औ प्रहरी दिवशको अवसर पारेर झापा जिल्लाको चन्द्रगढीमा प्रहरीले आज बजार सरसफाई गरेको छ।

अंचल प्रहरी कार्यालय मेची र अंचल सशस्त्र प्रहरी गुल्म मेचीका अधिकृत तथा जवानहरुले भद्रपुर नगरपालिका १४ स्थित काली मन्दिर तथा चन्द्रगढी बजार एरिया सरसफाई गरेका हुन्। बजार सरसफाईमा अंचल प्रहरी गुल्म मेचीका प्रहरी निरीक्षक किरण गुरुङसहित ३८ जना प्रहरी कर्मचारीहरु सहभागी रहेका थिए।

हरेक वर्ष असोज मसान्तका दिनलाई प्रहरीले आफ्नो दिवशको रुपमा मनाउदै आईरहेको छ। उक्त अवसरमा प्रहरी कार्यालयहरुबाट सरसफाई, रक्तदान तथा विविध कार्यक्रमको आयोजना गर्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्