बिराटनगरमा १४ जना जुवाडे पक्राउ

बिराटनगरमा १४ जना जुवाडे पक्राउ

मोरङ, असोज २९

मोरङ जिल्लाको बिराटनगर ४ स्थित एक घरबाट बिहिबार प्रहरीले १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

बिराटनगर ४ बरगाछि स्थित जिवछ साहको घरबाट तास खेल्दै गरेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको हो। जुवाको खालबाट प्रहरीले नगद एक लाख चौवन्न हजार तीन सय अड्सठ्ठी रुपैया, १३ थान मोवाईल सेट, तीन बुंङ तास, १० थान पर्स र एक थान टर्च लाईट समेत बरामद गरेको छ।

साहको घरमा जुवा हुँदैछ भन्ने गोप्य सुचना पाएपछि बिहिबार सांझ ७ बजे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक प्रमोद खरेलको कमाण्डमा खटिएको टोलीले उनको को घरमा छापा मारेको थियो।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्