जुनियर जेसिस २० औ वर्षको अवसरमा विविद्य कार्यक्रम गर्ने

जुनियर जेसिस २० औ वर्षको अवसरमा विविद्य कार्यक्रम गर्ने

प्रेम देवान
विराटनगर २९ असोज ।
विराटनगर जुनियर जेसिस २० औ वर्षको पुगेको अवसरमा पाँच दिनसम्म विविद्य कार्यक्रम गरी जेसिसको वार्षिक उत्सव मनाउने भएको छ । जेसिसले कार्यक्रम अन्तर्गत विराटनगरमा आज पहिलो दिन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा जेसिसमा आवद्ध भएकाहरुले रक्तदान गरेका छन् । कार्यक्रमको भोली दोस्रो दिन जेसिसमा आवद्ध भएका अन्यलाई प्रभावकारी तालिम, तेस्रो दिन स्वास्थ्य शिविर तथा विराटनगरमा रहेको विराटेश्वर वृद्धा आश्रमका वृद्धाहरुलाई फलफूल वितरण कार्यक्रम रहेको छ । त्यस्तै चौथो दिन विराटनगरको शनिहाट चोकमा वृक्षारोपर तथा जेसिसका पदाधिकारी र विराटनगरका यूवाविच मैत्रिपूर्ण फुटबल हुने भएको छ । कार्यक्रमको अन्तिम दिन जेसिस भवनमा कार्तिक ३ गते भव्य कार्यक्रम गरी समापन गर्ने जुनियर जेसिसका अध्यक्ष पंकज सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्