उर्लाबारी । चाडपर्वको मौका छोपेर मोरङको उर्लाबारीलगायतका बजारमा कालोबजारी बढिरहेको भएपनि अनुगमन हुन सकेको छैन ।
भारतले गरेको अघोषित नाकाबन्दीलगायतका कारणले कालोबजारी बढेको छ । खाद्यान्य सामान, पेटोलियम पदार्थलगायतको कालोबजारी भइरहेको भएपनि सम्बन्धित निकायले अनुगमनमा चासो नदिएको उपभोक्ताहरुले बताएका छन् । बजार अनुगमन गरी कालोबजारी गर्नेहरुलाई कारवार्ही गर्न नसकिएको कारण उपभोक्ताहरुले चाड पर्वको समयमा सास्ती खेप्नु परेको उपभोक्ता अस्बीन राजवंशीको भनाई छ ।